Section 46
ऋण प्राप्त गर्ने
तोकिएको समिति, संस्था वा अधिकारीले दफा ४५ बमोजिम निश्चित भएको ऋणको साँवा, ब्याज, गोरु र कृषिको औजारको फाँटवारी तयार गरी सो मध्ये आवश्यक देखिए जति ऋण तोकिए बमोजिम सम्बन्धित किसानहरूबाट असुल गर्नेछ ।
तर ऋणको सम्बन्धमा साहू असामीको मुख नमिली कारवाई चलिरहेकोमा अन्तिम निर्णय नभएसम्म मुख नमिले जति रकम असुल गर्ने कारवाई गरिने छैन ।